मुगु —नेपाली काँग्रेस बाट गुठिचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका दान बहादुरको पद गएको छ । केही समय अघि राष्ट्यि स्वतन्त्र पार्टीमा प्रवेश गरेका अध्यक्ष बुढाको पदनै गएको हो ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३÷०३÷०८ गतेको निर्णय अनुसार गुठिचौरका अध्यक्ष बुढाको पद स्वतः रिक्त भएको हो जनाएको छ ।
कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो । जसमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकालको पद गएको हो ।