मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • News
  • रास्वपा प्रथम महाधिवेशन नयाँ नेतृत्वका लागि भोलि मतदान गरिने

रास्वपा प्रथम महाधिवेशन नयाँ नेतृत्वका लागि भोलि मतदान गरिने

  • मङ्लबार, असार ९, २०८३
रास्वपा प्रथम महाधिवेशन नयाँ नेतृत्वका लागि भोलि मतदान गरिने

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, आज आयोजित बन्दसत्रबाट निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ । आज दिउँसो २ः०० बजेबाट सुरु हुने बन्दसत्र बेलुका ६ः४५ बजे सम्पन्न हुने कार्यतालिका रहेको छ।

उक्त बन्दसत्रले निर्वाचनको प्राविधिक तथा सांगठनिक तयारीलाई अन्तिम रूप दिनेछ । निर्वाचनलाई चुस्त र पारदर्शी बनाउन रास्वपाले विद्युतीय मतदान प्रणालीको प्रयोग गर्ने जनाएको छ । आयोगका प्रमुख केसीका अनुसार, मतदानका लागि कुल ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार