शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाचार
  • जीर्ण बन्दै चितवनको टाइगर टप रिर्सोट

जीर्ण बन्दै चितवनको टाइगर टप रिर्सोट

  • शुक्रबार, असार १२, २०८३
जीर्ण बन्दै चितवनको टाइगर टप रिर्सोट

काठमाडौ —चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको टाइगर टप रिर्सोट जीर्ण बन्दै गएको छ । एक सिंगे गैडा र पाटेबाघको चोरी शिकारी बढेको भन्दै २०६९ साल असार मसान्त देखि टाइगर टप रिर्सोट बन्द गरेपछि भवन, कोठा, कुर्ची, टेवल जीर्ण बन्दै गएका छन । सरकारल राष्ट्रिय निकुञ्ज नियमावली २०३० मा स्पष्ट ब्याबस्था नभएको भन्दै निकुञ्ज भित्रका होटल रिर्सोटको नविकरण नगर्ने निर्णय गरेपछि टाइगर टप रिर्सोट बन्द भएको हो ।

चितवन राष्टिय निकुञ्ज स्थापना नहुदै खुलेको सन १९६४ मा ब्रिटिश नागरिक जिन एडबर्ड र अमेरिकन नागरिक वान्ना र सेलिन टाइगर टप कम्पनीको नाममा रिर्सोट सुरु गरेका थिए । उनीहरुले सुरुमा चार कोठा बाट रिर्सोट प्रारम्भ गरेका थिए । बिस २०६९ साल सम्म चितवन राष्टिय निकुञ्ज भित्र टाइगर टप रिर्सोट, मचान वाइल्डलाइफ रिर्सोट, चितवन लज, आइल्याण्ड जंगल रिर्सोट र टेम्पल टाइगर रिर्सोट संचालनमा थिए ।

उक्त रिर्सोटमा खर्च गर्न मनपराउने बिदेशी पर्यटकहरु बस्थे । यिनी रिर्सोट बन्द भएपछि खर्च गर्न रुचाउने पर्यटक घटे निकुञ्ज भित्र टाइगर टप सहित रिर्सोट जंगल सफारिमा रुची राख्ने पर्यटक माझ लोकप्रिय थिए । पर्यटकहरु बिमान चाटर गरेरै त्यहा बस्न आउथे । सरकारले बन्द रहेको रिर्सोट बारे पुन संचालन गर्ने बारे कुनै नीति बनाएको छैन । केपी ओली सरकारका पालामा वन तथा वातावरण मन्त्री भएका ऐनबहादुर शाही ठकुरी चितवन टाइगर टप रिर्सोट पुगेर अवलोकन सहित जीर्ण संरचनाको बारेमा जानकारी लिनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार