काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यो ऐतिहासिक महाधिबेसनले पार्टीलाई अझ परिपक्क मजबुद प्रदान गरेको बताएका छन ।शुक्रबार चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् सम्बोधन गर्दै लामिछानेले देशले रास्वपामाथि गरेको आशा र भरोसालाई कायम राख्न धेरै मेहनत गर्नुपर्ने बताएका छन ।
सभापति लामिछानेले समय र परिस्थितिले आफूलाई अझ जिम्मेवार र परिपक्व बन्न प्रेरित गरिरहेको बताए पार्टीलाई उदार, जिम्मेवार र लोकतान्त्रिक ढंगले अघि बढाउने प्रतिबद्धता समेत जाहेर गरेका छन ।पार्टीप्रति उठ्ने प्रश्नबाट भाग्ने नभई त्यसको रचनात्मक रूपमा सामना गर्दै जनतालाई आश्वस्त पार्नु नै आफ्नो दायित्व भएको उहाको भनाई रहेको छ ।
चार बर्षको यात्रामा पार्टीले केही कमजोरी र अनुभवबाट महत्त्वपूर्ण पाठ सिकेको बताउदै लामिछानेले आउदो बर्षहरुमा ती कमजोरी दोहोरिन नदिने बताए ।
निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गर्दै निर्वाचनपछि आउने जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै पार्टीलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढन आग्रह गरेका छन ।