बुधबार, असार २४, २०८३
बुधबार, असार २४, २०८३
  • होमपेज
  • खेलकुद
  • अर्जेन्टिनाको सानदार पुनरागमन इजिप्टलाई ३-२ ले हराउदै क्वाटरफाइनलमा

अर्जेन्टिनाको सानदार पुनरागमन इजिप्टलाई ३-२ ले हराउदै क्वाटरफाइनलमा

  • बुधबार, असार २४, २०८३
अर्जेन्टिनाको सानदार पुनरागमन इजिप्टलाई ३-२ ले हराउदै   क्वाटरफाइनलमा

काठमाडौ – इजिप्टलाई रोमाञ्चक खेलमा पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।

खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे । त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०+३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

चर्चामा

सम्बन्धित समाचार