मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • राजनीति
  • सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही हुन्छ, सभापति रवि लामिछाने

सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही हुन्छ, सभापति रवि लामिछाने

  • मङ्लबार, असार ३०, २०८३
सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही हुन्छ, सभापति रवि लामिछाने

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारमाध्यममा अबरोध खडा जसले गरेपनि कारबाही गर्ने बताएका छन । सोमबार कान्तिपुर, अनलाइनखबर हिमालयन टिभी र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको थियो ।
मंगलबार सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले सवारीसाधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने जनाएका छन । विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने सभापति लामिछानेको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार