मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिशोध र निषेधको राजनीति बाट माथि उठेर राष्ट्र निर्माणमा साझा संकल्प बन्नुपर्छ, देउवा

प्रतिशोध र निषेधको राजनीति बाट माथि उठेर राष्ट्र निर्माणमा साझा संकल्प बन्नुपर्छ, देउवा

  • मङ्लबार, साउन ५, २०८३
प्रतिशोध र निषेधको राजनीति बाट माथि उठेर राष्ट्र निर्माणमा  साझा संकल्प बन्नुपर्छ, देउवा

काठमाडौ —नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिशोध र निषेषको राजनीति बाट माथि उठेर राष्ट निर्माणमा हाम्रो साझा संकल्प बन्नु पर्ने बताउनु भएको छ ।
जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार जारी गरेको सन्देशमा देउवाले बिपीको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको विचार आज पनि मुलुकका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नु भएको छ ।
पूर्वसभापति देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक दिशातर्फ उन्मुख भइरहेको आरोप लगाउँदै लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई एकजुट हुन आह्वान गर्नु भएको छ ।
हाम्रो सर्वकालिन पथप्रदशक जननायक बिपी कोइरालाले २०३३ सालमा राष्टिय मेलमिलाप नीतिमार्फत ब्यक्तिगत सुरक्षा भन्दा राष्ट्र, लोकतन्त्र र राष्टिय एकतालाई सर्वपरि मान्दै स्वदेश फर्किनु भएको इतिहास आज पनि उक्तिकै प्रेरणादायि भएको उहाको भनाई छ ।
आज देशलाई बिभाजन होइन एकता चाहिएको छ अविश्वास होइन एकता चाहिएको छ प्रतिशोध होइन सहकार्य चाहिएको छ देउवाले सन्देशमा उल्लेख गर्नु भएको छ ।\

देउवाका अनुसार परिर्वतनको उर्जा र प्रबिधि तथा ज्ञानको नया पुस्ताको सिर्जनशील क्षमता बीच मनको एकता राष्ट्रिय संवाद साझा सहकार्यको आबश्यकता पहिलो अझ सान्दर्भिक बनेको छ । न्यायपािलका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखि प्रतिपक्षलाई आतंकित गर्न औजार बनाउन खोजिदैछ देउवाको भनाई रहेको छ ।
यस परिस्थितिमा नेपाली कांग्रेस माथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन लोकतन्त्र, संबिधान र राष्ट्रियता र आम जनताको सुरक्षाको अनुभूतिसंगै मुलुकको भबिष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको देउवाले सन्देश मार्फत उल्लेख गरेका छन ।
छ,दशकभन्दा लामो राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिको सामना गर्नुपरे पनि लोकतन्त्र र जनअधिकारको पक्षमा आफू कहिल्यै विचलित नभएको देउवाले बताएका छन ।

नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गर्दै वर्तमान चुनौती सामना गर्न पनि कांग्रेस सक्षम रहेको उहाको भनाई रहेको छ । नेपालमा बिकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भिर चासो र जिम्मेवारीका साथ निरन्तर नियाली रहेको देउवाको भनाई छ । पूर्वसभापति देउवाले म नेपाली भूमिका पुन पाइला टेक्दैछु भनेर सन्देशमा उल्लेख गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार