बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • राजनीति
  • पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजीको हातमा छ, पूर्णबहादुर खडका

पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजीको हातमा छ, पूर्णबहादुर खडका

  • बुधबार, साउन ६, २०८३
पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजीको  हातमा छ, पूर्णबहादुर खडका

काठमाडौ — नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी हातमा रहेको बताउनु भयो । नेपाली काग्रेस देउवा समुहले आज राजधानी स्थित प्रज्ञाप्रतिष्ठानको सभाहलमा आयोजना गरेको बीपीको ४४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान कार्यवाहक सभापति खड्काले अहिलेको बिषम परिस्थितिमा पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा सभापति गगन कुमार थापाजी हातमा रहेको बताउनु भएको हो ।

‘नियमित र विशेष महाधिवेशनको केन्द्रीय समितिलाई जोड्नुस्, १५ औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुने ग्यारेन्टी गर्नुस्, कांग्रेस तत्काल एक हुने उहाको भनाई छ । खडकाले भने भेटमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले मिलाउने प्रतिबद्धता जनाए पनि बाहिर फरक कुरा सुनिने गरेको छ । नेपालको राष्ट्रियता र लोकतन्त्र सङ्कटमा परेका बेला कांग्रेस एकजुट हुनुपर्ने राष्ट्रिय आवश्यकता रहेको खड्काको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार