शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस इतरसमूहको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन

कांग्रेस इतरसमूहको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन

  • शनिबार, साउन १६, २०८३
कांग्रेस  इतरसमूहको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन

काठमाडौ —नेपाली कांग्रेस संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।
शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो ।
राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार