शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस आधिकारिकता विवाद सर्बोच्चद्धारा फैसला पुनरावलोकनको अनुमति

कांग्रेस आधिकारिकता विवाद सर्बोच्चद्धारा फैसला पुनरावलोकनको अनुमति

  • बिहिबार, साउन २१, २०८३
कांग्रेस आधिकारिकता विवाद सर्बोच्चद्धारा फैसला पुनरावलोकनको अनुमति

काठमाडौ —नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहिबार पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनका लागि ‘निस्सा’ (अनुमति) प्रदान गरेको छ ।
सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै नेपाली कांग्रेसभित्रको नेतृत्व र आधिकारिकताको विवादले नयाँ मोड लिएको छ ।देउवाले साउन ६ गते र खड्काले साउन १२ गते पुनरावलोकनका लागि छुट्टाछुट्टै निवेदन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार