काठमाडौ —नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गर्नु भएको छ । ।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताउनु भएको छ । नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो उहाको भनाई छ ।
हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामथ्र्य बढाउने छ । । ओलीले विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्नु भएको छ । आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्ने ओलीको भनाई छ ।