सोमवार, साउन २५, २०८३
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्णबहादुरको गगनलाई अपिल हिम्मत र साहासका साथ पार्टी एकताका लागि अग्रसर हुनुहोस्

पूर्णबहादुरको गगनलाई अपिल हिम्मत र साहासका साथ पार्टी एकताका लागि अग्रसर हुनुहोस्

  • आइतवार, साउन २४, २०८३
पूर्णबहादुरको गगनलाई अपिल हिम्मत र साहासका साथ पार्टी एकताका लागि अग्रसर हुनुहोस्

काठमाडौ —नेपाली कांग्रेसका निर्वतमान कार्यबाहक सभापति पूर्णबहादुर खडकाले सभापति गगन कुमार थापालाई हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुन आग्रह गर्नु भएको छ ।
आइतबार साझ निर्वतमान सभापति खडकाले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आफनो धारणा सार्वजनिक गर्दै पार्टी सभापति गगन थापाजि संग मेरो विशेष– विशेष आग्रह र अनुरोध छ तपाईं हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस, हामी अरु सबै यसकालागि सहयोगि हौँ र बन्छौ ।
पार्टीको आधिकारिकताको बिबादका बिषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिए पछिको ३ दिनका सामाजिक संजालमा पार्टीकै साथीहरूबाट लेखिएका बिचार,टीका–टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको उहाको भनाई छ ।
निर्वतमान कार्यबाहक सभापतिका अनुसार ईतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको , लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि काँग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आबस्यकता भनेको नेपाली काँग्रेसको सम्पूर्ण एकता हो ।
यसका लागि हामी बिचमा सहिष्णुता संबेदनसिलता र सहअस्तित्वको समभाव सृजना गरि सम्बाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्बसर्त हो बर्तमान भिमकाय चुनौतिहरुको सामना गर्नका लागि खडकाले उल्लेख गर्नु भएको छ ।
यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक ब्यक्तिले हाम्रा ब्यक्तिगत अस्वाभाविक महोत्वाकाङ्क्षा, अहंकार, घमण्ड , प्रतिसोध अनि कुन्ठाबाट मुक्त भएर सामुहिक भावना बाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निरर्णायक अग्रसरताका लागि अघि बढन आग्रह गर्नु भएको छ ।
सम्मानित सर्वाेच्च अदालतको पूर्ण ईजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो खडकाले बताउनु भएको छ ।
राष्ट्र रहे बहुदलिय लोतन्त्र रहन्छ– पार्टी रहन्छ– अनि त्यसमा हामी रहने ठाउँ रहन्छ नभए सबै खरानी हुन्छ– हामी सबैमा हेक्का रहोस उहाको भनाई छ ।

उहाले पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल गर्नु भएको छ ।
सामाजिक संजालको दोहोरी र गाली गलोजले कहि पुगिदैन यो प्रबृत्ति सबै लागेर बन्द गरौ खडकाले उल्लेख गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार