मङ्लबार, भदौ २३, २०८३
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • News
  • जेनजीको सपना पुरा होस, उपसभामुख ठाकुर

जेनजीको सपना पुरा होस, उपसभामुख ठाकुर

  • मङ्लबार, भदौ २३, २०८३
जेनजीको सपना पुरा होस, उपसभामुख ठाकुर

काठमाडौ —उपसभामुख रुबीकुमारी ठाकुरले जेनजी सहिद दिवसका अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखेको सपना पूरा गर्नुपर्ने बताएकी छन ।
जेनजी सहिद दिवसको अवसरमा आफनो सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै ठाकुरले सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवाहरूले गरेको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा उल्लेख गरेकी छन ।
जेनजी पुस्ताले उठाएको आवाज कुनै एउटा पुस्ताको सीमित माग नभई देशमा विद्यमान बेथिति, अन्याय, भ्रष्टाचार र निराशाविरुद्ध परिवर्तनको आवाज हो। आन्दोलनमा सहभागी भएर साहस र त्याग प्रदर्शन गर्ने सहिदहरूको योगदान नेपाली इतिहासमा सधैँ सम्मानका साथ स्मरण गरिने उपसभामुख ठाकुरले बताएकी छन्।
उपसभामुख ठाकुरले देशमा सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी, भ्रष्टाचारमुक्त शासन व्यवस्था र उज्ज्वल भविष्यको अपेक्षासहित आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण जेनजी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार