काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको छ ।
पशुपतिनाथको दर्शन तथा पूजा गरी देश र जनताको हित एवं कल्याणको कामना गर्नुभएको थियो । राष्ट्रपति पौडेलले पूजाआराधनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारी बाट फूलप्रसाद ग्रहण गर्नु भएको छ ।