काठमाडौ — गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई विभिन्न ढंगले अपमान गर्न खोजेको आरोप लगाउनु भएको छ । गृहमन्त्री गुरुङले आन्दोलनको इतिहास परिवर्तन गर्ने प्रयास नगर्न र अझै समय रहेको भन्दै पुराना दलका नेताहरूलाई सुध्रिन आग्रह गरेका छन ।
जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भदौ २३ गतेको आन्दोलनलाई इतिहासको महत्वपूर्ण घटनाका रूपमा स्मरण गर्नुपर्ने बताएका छन ।,इतिहास कसैले फेरेर फेरिँदैन’ भन्दै उनले आन्दोलनलाई अपमान गर्ने प्रयासले देशका जनताको भावनाको समेत अपमान हुने बताए। पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने उहाको भनाइ छ ।