काठमाडौ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका छन् ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सोही बैठकमा लामिछानेले सम्बोधन गर्ने तयारी गरिएको छ । ्