काठमाडौ —उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।