काठमाडौ— नव नियुक्त उद्योगमन्त्री सांसद दीपककुमार साहले शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति कार्यालयले साहलाई उद्योगमन्त्री नियुक्त गरेपछि बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । साह सुनसरी ४ बाट निर्बाचित सांसद हुन ।
यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त थियो । यादवको राजीनामापछि सरकारले साहलाई उद्योगमन्त्रीका रूपमा सिफारिस गरेको थियो
तस्विर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ।