शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • राजनीति
  • कर्णालीमा काग्रेस नेताहरु पार्टी एकता र संगठनको भबिष्य बारे गम्भिर छलफल

कर्णालीमा काग्रेस नेताहरु पार्टी एकता र संगठनको भबिष्य बारे गम्भिर छलफल

  • शुक्रबार, भदौ २६, २०८३
कर्णालीमा काग्रेस नेताहरु पार्टी एकता र संगठनको भबिष्य बारे गम्भिर छलफल

मुगु—कर्णालीमा कांग्रेसका शीर्ष नेताहरू पार्टीको एकता, संगठनको भविष्य र कार्यकर्ताको भावनाका विषयमा गम्भीर छलफल गरेका छन । आगामी असोजमा हुने अधिवेशनको तयारीसँगै कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको एकता, संगठनको भविष्य र कार्यकर्ताको भावनाका विषयमा छलफल जुटेका छन ।

नेपाली कांग्रेस कर्णाली प्रदेशमा बढ्दै गएको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध र सुदृढ बनाउने प्रयास अघि बढाएका छन ।

उक्त छलफलमा कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का, पूर्व प्रदेश मुख्यमन्त्री एव नेता जीवनबहादुर शाही  प्रदेश पूर्ब अर्थमन्त्री राजीव बिक्रम शाह कर्णाली प्रदेश सभापति ललितजंग शाही सिता कुमारी राना लगायत प्रदेशका शीर्ष नेताहरू सहभागी थिए। छलफलमा सहभागी नेताहरूले आगामी अधिवेशनलाई गुट–उपगुटको शक्ति परीक्षणका रूपमा नभई पार्टीलाई नयाँ ऊर्जा दिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
संगठनलाई बलियो बनाउन नेतादेखि कार्यकर्तासम्म सहमति, सहकार्य र समन्वयको वातावरण निर्माण गर्नुपर्नेमा सहभागी नेताहरूको जोड दिएका छन ।

आगामी अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई कांग्रेसलाई अझ बलियो, लोकतान्त्रिक, अनुशासित र जनमुखी बनाउने अवसर भएको नेताहरूको भनाई छ ।

 

चर्चामा

सम्बन्धित समाचार