काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै शक्तिशाली सरकारको आलोचना गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले आफूलाई दैनिक हजारौँ फोन ग्यास नपाएको गुनासोसहित आउने गरेको बताइन् । ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो भयो। के यो देश नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र?’
मलाई दिनमा हजारौँ फोन आउँछन्। पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भनेर गुनासो आउँछ,उनले बताइन ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले स्पष्ट रूपमा जनतालाई भन्नु परयो दाउरा खोजी भात पकाएर खाओ ।
‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ, तामाङले बताइन ।
तामाङले भनिन ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित भएन । बिहीबार मात्रै गौरीकुमारी यादवले राजीनामा दिएपछि नयाँ उद्योग मन्त्रीमा वालेन्द्रले दीपककुमार साहलाई नियुक्त गरेका थिए ।