बिहिबार, अशोज १, २०८३
बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • राजनीति
  • कर्णालीमा देउवाको अस्तित्व जोगाउँदै पूर्ववनमन्त्री शाही

कर्णालीमा देउवाको अस्तित्व जोगाउँदै पूर्ववनमन्त्री शाही

  • बिहिबार, अशोज १, २०८३
कर्णालीमा देउवाको अस्तित्व जोगाउँदै पूर्ववनमन्त्री शाही

काठमाडौ —नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा आन्तरिक राजनीतिक समीकरण तीव्र रूपमा बदलिएको छ । लामो समयदेखि कांग्रेस पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट लाभ र निरन्तर सहयोग लिएका अधिकांश शीर्ष नेता तथा कार्यकर्ताहरू अहिले गुट बदलेर सभापति गगन थापा पक्षमा उभिन थालेका छन ।
यस्तो अवस्थामा पनि पूर्ववनमन्त्री ऐनबहादुर शाही भने देउवा पक्षमै अडिग रहेर कर्णालीमा कांग्रेस संस्थापन इतर पक्षको संगठन जोगाउन निरन्तर दौडधुपमा जुटेका छन् ।

कांग्रेस बिभाजन भएर प्रजातान्त्रिक कांग्रेस बनेदेखि नै देउवा पक्षमा रहेर राजनीतिमा सक्रिय शाहीले क्षणिक स्वार्थका लागि अहिले निष्ठा नबदल्ने अडान लिएका छन ।
कांग्रेसको १५ महाधिबेसन नजिकीदै गर्दा देउवा पक्ष बाट लामो समय देखि सहयोग पाएका नेता कार्यक्रमहरु एकाएक सामाजिक सञ्जाल मार्फत हामी १५ औ महाधिबेसनमा गगन पक्षलाई सहयोग गर्न तयार छौ भने घोषणा गरि रहेको अबस्था शाही भने कुनै हत्तास र चिन्तित नभई देउवाको बिरासत जोगाउनको लागि सबै नेता तथा कार्यक्रताहरु संग समन्वय सहकार्यमा ब्यस्त देखिएका छन ।
विगत लामो समय देखि देउवाबाट ठूलो सहयोग र अवसर प्राप्त गरेका कर्णालीका प्रभावशाली नेताहरू पूर्णबहादुर खड्का, जीवनबहादुर शाही र ललिजङ्ग शाही लगायतका नेताहरूले यतिबेला देउवालाई छोडेर गगन पक्षको कित्ता समातेका छन्।
जिल्लास्तरमा पनि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, सभासद खडगबहादुर शाही, पार्टी उपसभापति तथा पूर्ब मेयर हरिजंग शाही, सोरु गाउपालिका उपाध्यक्ष केसरबहादुर शाही लगायत अग्रज नेताहरु गगनपक्षमै उभिएका छन
तर, केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देउवाकै कोटाबाट संघीय वनमन्त्री बनेका ऐनबहादुर शाही भने अप्ठ्यारो परिस्थितिमा पनि देउवाकै पक्षमा चट्टानी बनेर एकताका साथ उभिएका छन ।
पूर्वबन मन्त्री शाही कांग्रेस कुनैपनि हालतमा बिभाजन नहोस र एकता भएर जाओस भन्ने पक्षमा छन । समय र परिस्थितिका कारण अहिले कांग्रेस बिभाजित बनेर देउवा र गगन पक्षधर बनेपछि शाही आफनै पुरानो कित्तामै उभिएका छन ।

कांग्रेस संस्थापन इतर समुहको १५ औ महाधिबेसन उही असोज १५ गतेदेखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै शाही यतिबेला देउवा समूहलाई बलियो बनाउन दिनरात खटिएका छन । भने काग्रेस सभापति गगन पक्षको १५ औ महाधिबेसन अन्त्रर्गत वडा अधिबेसन यही असोज ३ र ४ गते वडा अधिबेसनमा कार्यक्रताहरुलाई रोक्न शाहीले ठूलो भूमिका निर्बाह गरि रहेका छन ।

आफ्नो अडानबारे स्पष्ट पार्दै शाही भन्छन्, “देउवाले मलाई गरेको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ। हिजो पनि देउवा पक्षमै रहेर राजनीति गरेँ, आज पनि उहाँकै साथमा छु। क्षणिक स्वार्थका लागि देउवा त्यागेर अर्कोतिर लाग्न सक्दिन । जेनजी आन्दोलनमा देउवाका दम्पति प्रति आक्रमण गरि घाइते भएको प्रति शाही दुःख प्रकट गरेका छन ।
देउवा पक्षमा उभिएर कर्णालीमा सक्रिय राजनीति गरि रहेका शाहीले आफनो सदस्य अध्यावधि समेत गरेका छैन । उनले आफनो पुरानै पार्टीको सदस्यलाई विश्वास र मान्यता राख्दै अघि बढि रहेका छन ।

राजनीतिक जीवनमा अनेकौँ दुःख–कष्ट भोगेर यो स्थानसम्म आइपुगेको उल्लेख गर्दै उनले अन्य नेताहरूले कित्ता फेर्दैमा आफू विचलित नहुने स्पष्ट पारेका छन । देउवाबाट सबैभन्दा बढी अवसर र सहयोग पाएकाहरूले नै संकटका वेला साथ छोडेको भन्दै शाहीले असन्तुष्टि समेत व्यक्त गरेका छन्
यस्तो संकटको बेला देउवालाई झन सहयोग गर्नु पर्ने अबस्थामा चटक्कै साथ छोडेर जानु मलाई राम्रो लागेन । उनले भने राजनीति भनेको गर्दै जाने हो कहिले सफल हो कहिले बिफल होला साथ छोडनु चाहि उचित होइन ।

कर्णालीका अधिकांश नेताहरू इतर समूहमा ढल्किँदा शाहीको यो निरन्तरता र सक्रियताले देउवा पक्षको अस्तित्व रक्षा गर्न ठूलो बल पुगेको नेता कार्यक्रताहरुको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार