शनिबार मुगु सोरु गाउपालिका वडान १० मा आयोजित नेपाली कांग्रेसको वडा अधिबेसनमा सहभागीहरु
काठमाडौ —नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार देखि वडा अधिवेशन प्रक्रिया सुरु भएको छ ।पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुने छ ।
त्यसको लागि शनिबार देखि वडा अधिवेशन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डु, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन पछि निर्वाचन सम्पन्न भएका छन ।
शनिबार सम्पन्न वडा अधिवेशन बाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्धारा जारी प्रेस विज्ञप्तिमार्फत वडा अधिवेशन प्रक्रिया उत्साहपूर्ण भएका छन ।