शुक्रबार, अशोज ९, २०८३
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • News
  • काठमाडौ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा

काठमाडौ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा

  • बिहिबार, अशोज ८, २०८३
काठमाडौ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा

काठमाडौ— काठमाडौँ उपत्यकामा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। बिहानैदेखि सुरु भएको वर्षा दिनभर जारी रहँदा जनजीवन प्रभावित भएको छ।बंगालको खाडीमा विकसित यो प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनी सतहमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर वर्षाका कारण सडकमा आवतजावत गर्ने पैदलयात्री तथा सवारीसाधनलाई असहज भएको छ। मुख्य सडक तथा व्यस्त क्षेत्रमा सवारी चाप बढ्नुका साथै कतिपय स्थानमा सडकमा पानी जमेको देखिएको छ।

वर्षाका कारण दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारणसमेत प्रभावित भएका छन्। मौसम बदलीसँगै चिसो महसुस हुन थालेको छ भने वर्षा अझै केही समय जारी रहन सक्ने अवस्था देखिएको छ।सम्बन्धित निकायले वर्षाका कारण सडक तथा यातायातमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। यही असोज ८ देखि ११ गते सम्म भारी बर्षा हुने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार