काठमाडौ —कांग्रेस महाधिवेशनको उदघाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरूलाई निम्तो गरेको छ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहका लागि पार्टीले राजनीतिक संवाद र सद्भावलाई अघि बढाउँदै शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा गरेको छ ।
कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले आगामी असोज १६ गते राजधानी खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि प्रमुख विपक्षी तथा सत्तारूढ दलका शीर्ष नेतृत्वसँग भेटघाट गरी औपचारिक निमन्त्रणा गरेको छ ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेर महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा दिएका गरेका छन ।
लोकतान्त्रिक परिपाटी र आपसी सहकार्यलाई मजबुत बनाउने उद्देश्यले आयोजित यस समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई हार्दिक आह्वान गरिएको छ ।