काठमाडौ —आज देखि सोह्र श्राद्ध सुरु भएको छ । हिन्दू धर्मावलम्बीले पितृलाई सम्झेर तर्पण, सिदादान र पिण्डदान गर्ने सोह्र आजदेखि प्रारम्भ भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ।
धर्मशास्त्रअनुसार सोह्र श्राद्ध आफ्ना दिवङ्गत पितृको तिथिमा अपराह्न समयमा गर्नुपर्ने मान्यता छ। पितृप्रति दायित्व पूरा गर्ने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वासका कारण वैदिक सनातन परम्परामा यसको विशेष महत्व छ । गत जेठमा अधिकमास परेकाले यस वर्ष सोह्र श्राद्ध र बडादसैँ केही ढिलो परेको हो । Photo by kabiraj karki mugu