आइतवार, अशोज ११, २०८३
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस नगरसभापतिमा चक्र सावत सर्वसम्मत निर्वाचित

कांग्रेस नगरसभापतिमा चक्र सावत सर्वसम्मत निर्वाचित

  • आइतवार, अशोज ११, २०८३
कांग्रेस नगरसभापतिमा चक्र सावत सर्वसम्मत निर्वाचित

मुगु —नेपाली कांग्रेस छायाँनाथ रारा नगरपालिकाको नगर सभापति पदमा चक्र सावत सर्वसम्मत निर्वाचित भएका छन । नेपाली कांग्रेसको नगर कार्यसमिति चयनका लागि आयोजित अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट सावत सर्वसम्मत रूपमा नगर सभापति पदमा चयन हुन सफल भएका छन ।

कलिलो उमेरमै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका खेल्दै आउनुभएका सावतले यसअघि आफ्नै क्षेत्रबाट वडाध्यक्ष पदमा निर्वाचित भएर स्थानीय जनप्रनिधिका रूपमा काम गरेका थिए ।

स्थानीय तहको राजनीतिबाट आफ्नो यात्रा सुरु गर्नुभएका सावतले वडाध्यक्ष हुँदै नगर सभापतिको जिम्मेवारी सम्हालेसँगै उहाँको राजनीतिक यात्रामा नयाँ फड्को मारिएको छ । नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएपछि उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा शुभकामना गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार