काठमाडौ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशन अन्तर्गत प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्पूर्ण भएको बताएका छन ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक रहेका डा. कोइरालाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नु भएको छ ।
वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण भएको उल्लेख गर्दै उनले सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका हुन्।
वडा अधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नराखी पार्टी संगठनमा नयाँ ऊर्जा सञ्चार गर्ने, कार्यकर्ताबीचको एकता थप मजबुत बनाउने तथा नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्।