बिहिबार, अशोज १५, २०८३
बिहिबार, अशोज १५, २०८३
  • होमपेज
  • राजनीति
  • वडा अधिवेशनमा हर्ष र उल्लासका साथ सहभागी हुन, देउवाको अपिल

वडा अधिवेशनमा हर्ष र उल्लासका साथ सहभागी हुन, देउवाको अपिल

  • बिहिबार, अशोज १५, २०८३
वडा अधिवेशनमा हर्ष र उल्लासका साथ सहभागी हुन, देउवाको अपिल

काठमाडौं — नेपाली कांग्रेसका निर्वतमान सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा हर्ष र उल्लासका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन ।

निर्वतमान पार्टी सभापति देउवाले बिहिबार जारी गरेको अपिलमा करिब आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ ।

देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पार्टीले गरेको त्याग, संघर्ष र बलिदानलाई थप मजबुत बनाउन महाधिवेशनको विशेष महत्व रहेको बताएका छन ।

जारी अपिलमा देउवाले देशभरका ६ हजार ७४३ वडामा विधि र प्रक्रिया पूरा गरी एकैसाथ सुरु हुने वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार