काठमाडौ —सत्तापक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार अभियान अन्तर्गत केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्लाका ७५३ स्थानीय तहसम्म पुगेर जनता, पार्टीका सदस्य तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन ।
बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ उनको भनाई छ ।