काठमाडौ —नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज देखि खुल्लामञ्जमा प्रारम्भ हुदैछ । महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुने छ । उदघाटनमा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु लगायत दलका शीर्ष नेतहरु समारोहमा सहभागी हुनेछन । १५ औं महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ
भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि आमन्त्रण गरिएको छ । कांग्रेसले महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ।
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता राष्ट्रिय सभागृहमा हुनेछ। सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका तालिका छ।