काठमाडौ— चर्चित फिल्म निर्देशक मीन भामले कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएका छन । नेपाली कांग्रेसको जारी १५ औ महाअधिवेशन अन्त्र्रगत पिछडिएको क्षेत्र बाट सहमहामन्त्री पदमा भामले आफ्नो अ उम्मेदवारी दर्ता गराएका थिए ।
सभापति गगन थापाले उनलाई पार्टीमा जिम्मेवारी दिएर राजनीतिक क्षेत्र अघि बढाउने भनेपछि भामले आफनो उम्मेदवारी फिर्ता गरेका हुन ।
सभापति र बरिष्ठ उपसभापतिको आग्रहमा मैले सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिएर भामले भने उहा“हरुले मलाई पार्टीको जिम्मेवारी दिने भन्नु भएको छ । उहाहरुले उम्मेदवारी फिर्ता लिनुहोस् भनेपछि मैले जिद्धी गर्न सकिने भाम भन्छन पार्टीलाई मलाई जिम्मेदवारी पदमा राखेर अघि बढाउछ भन्ने पूर्णबिस्वासमा छु ।
भामले आफनो उम्मेदवारी फिर्ता लिए पछि कांग्रेस नेता एव कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई सहज भएको छ । शाही र भामको एउटै पिछडिएको क्षेत्र बाट सहमहामन्त्रीको उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली चलचित्र क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल नाम हो— मीन भाम। ’कालापोथी’ र ’शम्भला’ जस्ता बहुचर्चित तथा अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित फिल्मका निर्देशक रुपमा भाम परिचित छन । मुगुको भूगोलमा जन्मिएर चर्चित फिल्म महोत्सव (भेनिस, बर्लिन) सम्म पुगेका भामको यो राजनीतिक क्षेत्रमा अघि बढने सोच राखेका छन ।