काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु हुनुअघि उम्मेदवारहरू मत माग्न व्यस्त छन्। उम्मेदवारहरूले व्यक्तिगत रूपमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन् भने प्रचारका लागि कस्ट्युम क्यारेक्टरसमेत परिचालन गरिएको छ।
राष्टियसभा, भृकुटीमण्डप स्थलमा केही उम्मेदवारका समर्थक तथा प्रचार टोली चिम्पान्जी र पाण्डालगायतका क्यारेक्टरसहित प्रतिनिधिहरूको ध्यान आकर्षित गर्दै मत मागिरहेका छन्।
कस्ट्युम क्यारेक्टरमार्फत गरिएको प्रचारले महाधिवेशनस्थलमा थप रोचक दृश्य देखिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान ढिलो हुदै गएपछि प्रतिनिधिहरु समय कुर्दै मत माग्दै गरि रहेका छन ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान बिबिध कारण साढे दुई बजे हुने भनिएको छ ।