काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।थापाले कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गर्दै पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरूले स्वतन्त्र विवेकका आधारमा निर्णय लिनुपर्ने बताएका छन्।
उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्।
सम्पूर्ण १५ औं महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न थापाले आग्रह गरेका छन्।