मुगु —कर्णाली प्रदेश अन्त्र्रगत हिमाली जिल्ला मुगु नेपाली कांग्रेस देउवा पक्षको ९ औं जिल्ला अधिवेशन बाट तिलकबहादुर मल्ल सभापतिमा निर्वाचित भएका छन । गत असोज १५ गते बाट सुरु भएको जिल्ला अधिबेसन वडाm पालिका, प्रदेश सकेर शनिबार सम्पन्न जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशन बाट
लामो समय देखि कग्रेसमा सक्रिय राजनीतिक गर्दै आएका युवा नेता तिलकबहादुर मल्ललाई सभापति पदमा चयन गरिएको छ ।
२०४६ सालको जनआन्दोलन पछि कांग्रेसको भातृ संगठन नेबिसंघको जिल्ला अध्यक्षमा मल्ल चयन भएका थिए । त्यसै गरि मल्ल तरुण दलको जिल्ला अध्यक्ष पनि भएका थिए । पार्टीको महाधिबेसन महासमिति प्रतिनिधि समेत रहेका मल्ल यो पटक देउवा पक्ष बाट जिल्ला पार्टी सभापतिमा निर्वाचित भएका छन । पार्टीको निर्देशन बिधि बिद्यानमा रहि काम गर्ने सभापति मल्लले बताए । सोही सभापति पदमा आंकाक्षा खगेन्द्रबहादुर मल्ल भएपनि अन्तिममा उहाले तिलकबहादुर मल्ल सर्मथन गरेका छन ।
पार्टी संगठनलाई बलियो र मजबुद बनाउन आफुले तिलकबहादुर मल्ललाई सभापतिमा समर्थन गरेको उनको भनाई छ । ९ नौ अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।