शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • मुगुका तीन संचारकर्मीलाई सम्मान

मुगुका तीन संचारकर्मीलाई सम्मान

  • बिहिबार, बैशाख ६, २०८१
मुगुका तीन संचारकर्मीलाई सम्मान


क्याराभान खबर
नेपाल पत्रकार महासंघ मुगु शाखाको ७ औं अधिबेसन तथा १३ औ साधारण सभामा जिल्ला कार्यरत तीन संचारकर्मीलाई सम्मान गरिएको छ ।
बुधबार आयोजित महासंघको ७ औ अधिबेसन तथा साधारण सभामा सम्मानित हुने संचारकर्मीहरुमा नया“ पत्रिका दैनिकका अच्यूतराज भण्डारी, न्यूज २४ टेलिभिजनका दानबहादुर बुढा र समाचार पत्र दैनिकका बीरबहादुर बम रहेका छन ।

दुर्गम जिल्लामा दुःख कष्टका साथ लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका तीन जना संचारकर्मी भण्डारी, बुढा र बमलाई कदर पत्र सहित अबिर फुलमालाले सम्मान गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।
महासंघको ७ औ अधिबेसन र १३ औ साधारण सभामा क्रियाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार