बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उहीलेका तुइन बिस्थापित

उहीलेका तुइन बिस्थापित

  • मङ्लबार, जेष्ठ २९, २०८१
उहीलेका तुइन बिस्थापित

मुगु–खत्याड गाउ“पालिका–१० हयाङलु गाउ“का नानी शाही कर्णाली नदीमा झोलुंगे पुल बनेपछि खुशी हुदै वारिपारि तर्न थालेकी छन ।पहिले तुइन बाट वारपार गर्दै आएकी उनी नदीमा झोलुंगे पुल बनेपछि घा“स दाउरा ल्याउन पशुबस्तु चराउन सहज भएको छ । पुल बनेपछि तुइन बाट मुक्ती पाइयो नानीले भनिर्न उहीले त्यो दुःखको दिन सम्झिदा मन ढुकढुक हुन्छ; ।असार साउनको उर्लिदो कर्णालीमा तुइन बाट वारिपारि गर्नु पर्दा सारै डर लाग्थ्यो झोलुंगे पुल क्षेत्रगत कार्यक्रम बाट मुगुको बिना गाउ“ देखि बाजुरा जोडने पुल निर्माण गरेपछि महिला पुरुषले तुइन बाट मुक्त भएका छन । सोरु गाउ“पालिकाको फोतुचौर, बालुकुना, भीइघाट, नेरघाट लगायत स्थानमा तुइन बिस्थापित गरि झोलुंगे पुल निर्माण गरेपछि स्थानीय देखि पशुचौपायलाई आउजाउ गर्न सहज भएको छ ।छाया“नाथ रारा नगरपालिका–१४ सुम्ली गाउ“को मुगु कर्णाली नदी र सुम्ली खोलामा झोलुंगे पुल बनेपछि स्थानीय खुशी भएका छन । पहिले ज्यान जोखिम राखेर मुगु कर्णाली नदी वारपार गर्दै आएका थियौ पुल बनेपछि सजिला भएको सुम्ली गाउ“का बिर्ख भण्डारीले जनाए ।
पुल नहु“दा जोखिम मलेर सुम्ली गाउ“का बिधार्थी कच्चे गाउ“मा पढन जाने गर्थे भने अचेल पुलले गर्दा बिधार्थीलाई सजिलो भएको छ । मुगुको चार वटै स्थानीयतहको खोला देखि कर्णाली नदी सम्म ६७ वटा झोलुंगे पुल बनेपछि दुई दर्जन भन्दा बढी परम्परागत तुइन बिस्थापित भएका छन ।स्थानीयतह, झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, संघ र प्रदेश बाट तुइन बिस्थापित गर्दै झोलुंगे पुल र बेलिब्रिज पुल निर्माणमा पहिलो प्रथमिकता दिइएको छ झोलुंगे पुल निर्माण संगै सवारी साधन वारपार गर्न धमाधम बेलिब्रिज पुल पनि बन्न थालेका छन । छाया“नाथ रारा नगरपालिकाको कोटिला खोला, रुघा भट्टेचौर, लुम्स र सोरु गाउ“पालिकाको सिप तारापानी, खत्याड गाउ“पालिकाको सुकाढिकमा बेलिब्रिज पुल बनेपछि सवारी साधन वारपार गर्न सहज भएको छ । सोरु गाउ“पालिकाको गुल्मामा बेलिब्रिज पुल निर्माण प्रकृयामा छ ।

चर्चामा

सम्बन्धित समाचार