बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री ज्यू मुगुको निम्ति ऐतिहासिक काम गरिदिनुस् !

मन्त्री ज्यू मुगुको निम्ति ऐतिहासिक काम गरिदिनुस् !

  • शनिबार, साउन १९, २०८१
मन्त्री ज्यू मुगुको निम्ति ऐतिहासिक काम गरिदिनुस् !

काठमाडौ—नेपाली कांग्रेसकी महासमिति सदस्य एवम खत्याड गाउपालिकाकी उपाध्यक्ष सरिता रोकायाले वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीलाई मुगुको निम्ति ऐतिहासिक काम गरिदिन आग्रह गरेकी छन ।

शनिबार काठमाडौमा नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले आयोजना गरेको वन मन्त्री ऐनबहादुर शाहीलाई सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष सरिता रोकायाले २७ बर्षपछि मुगु कांग्रेसले संघीय मन्त्री पाउदा स्थानीयले धेरै आसा अपेक्षालाई मध्येजनर ऐतिहासिक काम गरि दिन आग्रह गरेकी छन ।
उक्त सम्मान कार्यक्रममा बोल्ने बक्ता सरिता मात्र नभएर अघिकांसले बिकास निर्माण पछाडि पारिएको मुगु जिल्लालाई दिर्धकालिन सम्झन लायक एक दुई वटा ऐतिहासिक काम गरि दिन वन मन्त्री शाही संग आग्रह गरेका छन । प्रेस युनियन मुगु जिल्लाका अध्यक्ष नन्द रोकायाले लामो समय पछि मुगु कांग्रेसले क्याबिनेट मन्त्री पाएको र यो ऐतिहासिक क्षण मन्त्री ज्यूले मुगुको लागि दिर्घकालिन योजना गर्नु पर्ने बताएका छन । उनले भने २७ बर्ष पछि मुगु कांग्रेसले मन्त्री पाउदा हामी सबैलाई गौरव महसुुस भएको छ ।

सोही सम्मान कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी यूनियनका अध्यक्ष कृष्णबहादुर रोकायाले भने मन्त्री ज्यू तपाई पनि मुगाली जनताले धेरै बिकासको अपेक्षा गरेका छन । यति बेला मुगुका सारा जनताको मुहारमा खुशी छाएको छ वन मन्त्री ज्यूले मुगुका बिकासको भाग्यरेखा कोर्नुहुनेछ भन्ने सारामा आसा जागेको छ ।
मन्त्री ज्यू मुगुको लागि ऐतिहासिक काम गरिदिनुस यो ठूलो अबसर प्राप्त भएको निर्बतमान कांग्रेस पार्टी प्रबक्ता लोकेन्द्रबहादुर शाहीले भने तपाई पनि मुगाली जनताका आसा अभिलास धेरै देखिएका छन । आसा अपेक्षा अनुसार तपाई बाट केही ऐतिहासिक काम हुनेछन भन्ने हामी बिश्वस्त छौ उनले सुनाए । छाया“नाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले भने २७ बर्ष पछि मुगु कांग्रेसले मन्त्री पाउदा पार्टी कार्यक्रता नेता स्थानीय मतदाता खुशीले गदगद भएका छन । जनताको अपेक्षा मन्त्री ज्यूले पुरा गर्नुहुनेछ भन्ने हामी ढुक्क छौ ।
मुगु कांग्रेस पार्टीका निर्बतमान पार्टी सचिव रतनबहादुर शाहीले गमगढी खत्याड मोटर बाटो निर्माणमा रारा बाधक बनेको र त्यसलाई कानुनी रुपमा अघि बढाएर सडक निर्माण अघि बढाइ दिन मन्त्री संग आग्रह गरेका छन । उनले भने मन्त्री ज्यू तपाईले खत्याडबासीको दुःख थाहा छ
गमगढी खत्याड मोटर बाटो र खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिनुहोला । सोही सम्मान कार्यक्रममा बोल्दै नेबिसंघ केन्द्रीय सदस्य धर्मराज शाहीले मन्त्रीलाई लक्षित गर्दै भने तपाई अब राष्ट नेता बन्न सफल हुनुस् । मुगु र समग्र देशको हितको निम्ति मन्त्रालय बाट काम अघि बढाउनुस् उनको भनाई छ । शाहीले भने वन बाताबरण मन्त्रालय देखि अन्य मन्त्रालय सित समन्वय सहकार्य गरेर मन्त्री ज्यूले मुगुको लागि ऐतिहासिक काम गर्नुहुनेछ । हामीले मन्त्री ज्यू बाट दुई वटा ऐतिहासिक बिकासको आसा गरेका छौ नेपाली कांग्रेस महासमिति सदस्य तिलकबहादुर मल्लले भने पहिलो गमगढी खत्याड सडक निर्माण र दोश्रो नाक्चेनाङला सडकलाई बहुबर्षिय बनाएर प्राप्त बजेटको ब्याबस्था ।
निर्बतमान कांग्रेस पार्टी सभापति खडकबहादुर शाहीले भने गमगढी खत्याड सडक निर्माण पहिलो प्राथमिता दिन मन्त्रीलाई आग्रह गरेका छन मौखिम भन्दा पनि मुगुको बिकासको लागि लिखित रुपमा मन्त्रीलाई बुझाउने उनको भनाई छ । मुगु कांग्रेसका बरिष्ठ नेता हस्तबहादुर मल्लले झिनामसिना कुरामा नअल्झिएर समग्र देशको हित हुने खालका योजना अघि बढाउन वन मन्त्री शाहीलाई सझाव दिएका छन । मल्लले भने तपाई मुगु कांग्रेस पार्टी सभापति पनि हुनुहुन्छ संघीय सभासद पनि हुनुहुन्छ र वन मन्त्री पनि हुनु भयो ब्यालेन्स मिलाएर काम गर्नुहोला । कांग्रेस पार्टीलाई साधेर काम गर्नुहोलाको उनको भनाई छ .

! जनताको आसा अपेक्षालाई मध्येनजर गरि इमानदारी पुर्बक काम गर्ने वन मन्त्री शाहीले भने तपाइहरुको सल्लाह सुझाव लिएर म काम गर्छु । गमगढी खत्याड जोडने मोटर बाटो प्रकृया अघि बढि सकेको मन्त्रीले सुनाए । देशलाई समृद्धि बनाउन र भष्टचार अन्त्य गर्ने यो सरकार निर्माण भएको मन्त्री शाहीले जनताका आसा अपेक्षालाई निरासा हुन दिने छैनौ ।

चर्चामा

सम्बन्धित समाचार