काठमाडौं – त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। त्रिविको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३०८ बढी विद्यार्थी दीक्षित भएका छन ।प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविको ५०औं दीक्षान्त समारोहमा गोल्ड मेडलिस्ट विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नु भएको छ ।समारोहमा १४ हजार विद्यार्थी दीक्षित सहभागी भएका छन सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।
गत वर्षभन्दा यो पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जानकारी गराएको छ ,स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि९पिएचडी० तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन । समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिएको हो ।