
मुगु—कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेका दुई वटै क्याम्पसको स्ववियु निर्बाचनमा नेबिसंघ जिताउन निकै मिहिनेत र परिश्रम गर्नु परेको नेबिसंघ जिल्ला अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताए स्ववियु निर्बाचनमा बामको तालमेल भएर पनि नेबिसंघले जित हासिल गर्नु पार्टी र नेबिसंघका लागी ठूलो उपलब्धी भएको मल्लको भनाई छ । अध्यक्ष मल्लका अनुसार खत्याड रातापानी चर्तुदेब हिरा सुरेन्द्र पूर्ण क्याम्पस र गमगढी स्थित रारा बहुमुखी क्याम्पसको स्ववियु निर्बाचनमा अनेरास्वबियु र अखिल क्रान्तिकारी बिधार्थी बीचको एकताका बाबजुद नेबिसंघले जित हासिल गरेको छ ।
बिशेष गरेर रातापानी चर्तुदेब क्याम्पस बामको गड नै मानिन्छ मल्लेले भने उक्त गडलाई भत्काएर नेबिसंघको झण्डा फहराउन सफल भइयो । सोही क्षेत्रमा नेबिसंघ आवद्ध बिधार्थी साथीहरु पार्टीका अग्रज ब्यक्तिको रणनीति भूमिका खेलेर नेबिसंघलाई जिताउन सफल भयौ । चर्तुदेब क्याम्पसमा नेबिसंघलाई कसरी जिताउन सकिन्छ भनेर रातदिन घाम पानी भोक तिर्खा नभनेर खटियौ मल्लले भने धेरैले डरत्रास पनि सुनाए तर त्यस्ता कुरालाई वास्ता नगरि हामी अहोरात्र खटिर नेबिसंघ जिलाउन तिर लाग्यौ । बिधार्थी मतदाता भेटन प्रत्येक घरदैलो चहार्दै बाजुरा हुम्ला समेत पुग्यौं मल्लले बताए । सोबिन्द्र तिम्रो ज्यानको सुरक्षा गर भनेर मलाई धेरै सुनाए तर मैले ख्यालै नगरि रातापानी क्याम्पसमा नेबिसंघ जिताउन दौडधुपमै लागि रहयौ । रातापानी क्याम्पसमा नेबिसंघको झण्डा फहराउन मेरो ठूलो सपना थियो र त्यो सपना पुरा हुदा मलाई गर्भ लागेको मल्लको भनाई रहेको छ ।
गमगढी स्थित रारा बहुमुखी क्याम्पसमा पनि नेबिसंघ जिताउन निकै कडा मिहिनेत र परिश्रम गर्नु परेको उनको भनाई छ । उक्त क्याम्पसको स्ववियु निर्बाचनमा एकातिर बाम एकता अर्कोतिर आफनै पार्टीको बागी उम्मेदवारका नेबिसंघको आधिकारीक उम्म्ेदवारलाई जिताउन सफल भएको मल्लले सुनाए ।नेबिसंघको बागी अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त उम्मेदवारलाई जित्न सहज भइसकेको थियो तर हामीले खेलेको भूमिका उत्कृष्ट रह्यौ र हामीले जित्न उनी बताउछन । इतिहासमै पहिलो पटक मुगुका दुई वटै क्याम्पसको स्ववियु निर्बाचनमा नेबिसंघले जित हासिल गरेपछि पार्टीपंति देखि नेबिसंघका आबद्ध बिधार्थीहरु खुशी भएका छन ।
२०८१ चैत ५ गते खत्याडको त्रिभुव बिश्व बिद्यालय अन्त्र्रगत रहेको चर्तुदेब क्याम्पसमा भएको स्ववियु निर्बाचनमा नेबिसंघको अध्यक्ष पदमा धनचन्द कार्की र चैत १८ गते मध्यपश्चिम बिश्व बिद्यालय अन्त्र्रगत रहेको रारा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्बाचनमा नेबिसंघको अध्यक्ष पदमा जयलक्ष्मी रावलले जित हासिल गरेका छन । क्याम्पसमा बिधार्थीको हकहित र संगठन सुदृढिकरण तथा बिस्तारमा खटिन अध्यक्षद्धोय कार्की र रावलको भनाई छ ।