काठमाडौ – नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नागरिक नायक नन्दादेवी कुँवर लाई दोसल्ला ओढार सम्मान गर्नु भएको छ । नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको ‘नागरिक नायक–२०८२’ सम्मान तीन मध्य वन संरक्षण अभियन्ता कुँवरलाई शनिबार नागरिक नायक सम्मान प्रदान गरेको थियो । सोही सम्मान पाएकी कुँवरलाई आइतबार वन मन्त्री शाहीले मन्त्रालयमा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वन संरक्षणमा कुँवरले महत्त्वपूर्ण योगदान पु¥याएको जनाउँदै मन्त्री शाहीले आगामी दिनमा मन्त्रालय सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल रिपब्लिक मिडियाले राष्ट्रपतिको हातबाट कुँवरलाई गरेको सम्मान उच्च रहेको जनाउँदै मन्त्री शाहीले वन संरक्षणमा निरन्तर सक्रिय रहन पनि आग्रह गरे । सम्मानित कुँवरले आफूले पाएको नागरिक नायक र मन्त्रालयको सम्मान दिलै देखि गरिएको भन्दै भनिन्,‘ मेरा लागि यो भन्दा ठुलो खुसीको क्षण केही छैन ।’ मन्त्रालयले कुँवरलाई सम्मान गर्दा वन मन्त्रालयका सचिव राजेन्द्र मिश्र, मन्त्रीका प्रमुख स्वकिय सचिव लेक बिक्रम शाह नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक संवृद्धि ज्ञवालीसहितका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो