
फोटो भारतिय राजदुतावास
काठमाडौ —छिमेकी राष्ट भारत सरकारले नेपाललाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ । बिरामी बोक्न सुबिधा प्रदान गर्ने उदेश्यका साथ भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ ।
भारतीय दूतावासले काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरि एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपालका सात वटै प्रदेश समाबेश हुने ३३ जिल्लाका संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासद्धारा विज्ञप्ति मार्फत जनाएको छ ।काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई १ हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ ।