आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • समाचार
  • सिचाईको अभावले उर्भरा भूमि बाझै

सिचाईको अभावले उर्भरा भूमि बाझै

  • शुक्रबार, असार २०, २०८२
सिचाईको अभावले उर्भरा भूमि बाझै

मुगु–सोरु गाउपालिका–२ र १ स्थित नार्थपु गुल्मको करिव १२ सय हेक्टर उर्भरा जमिनमा सिचाईको अभावले बाझिदै गएको छ । उक्त जमिनको १ सय मिटर तल हुम्ला कर्णाली नदी सलल बगिरहेको छ । लिफट प्रबिधि बाट पानी माथि जमिनमा ल्याएर सिचाई गर्ने भने करिव १ हजार परिवारलाई प्रयाप्त अन्न उत्पादन देखि तरकारी फलफुल मनग्य आम्दानी हुने देखिन्छ ।गुल्म सिचाई नहरको मुहानको करिव २ सय मिटर सुक्खा पहिरले नहर क्षेति गर्दा बाहैमास पानी चल्न नसक्दा जवलधारा, नार्थपु, जडेपानी, धुपी, नचारा, लगायत बस्तीका स्थानीयलाई सिचाइको अभावले आकासे पानीको भरमा गुल्ममा अन्नबाली लगाउन बाध्य छ ।

सय मिटर तल कर्णाली नदी छ माथि उर्भरा जमिन बाझै छ सोरु गाउपालिका–२ जडेपानी गाउका नरबीर शाहीले सुनाए । उनले भने सिचाईको सुबिधा भइदिए धान, गहु,जौ, प्रसस्तै फल्यो । सिचाई सुबिधा भइदिए गुल्म क्षेत्र अन्नको भण्डार हो उनले बताए । सिचाइको अभावले आकासे पानीको भरमा अन्नबाली लगाउनु परेको शाहीले बताए । खडेरीले भित्तखोलाको पानी पनि सुक्दै गएपछि गुल्मको उर्भरा भूमि बाझिदै गएको छ ।

सोरु गाउपालिकाको जिमा कुलाहा“ क्षेत्र १८ रोपनी भन्दा बढी उर्भरा भूमि सिचाइको अभावले बा“झै छ डेढ सय मिटर तल मुगु कर्णाली नदीको पानी बगेको छ । पुरुमुरु, जिमा लगायत ४ सय भन्दा बढी परिवारको उक्त उर्भरा जमिन सिचाइको असुबिधाले घा“से मैदानमा परिणत भएको छ ।तरकारी बारीमा हाल्ने पानी छैन डेढ सय मिटर तल मुगु कर्णालीको पानी खेर गइरहेको सोरु गाउ“पालिकाका पूर्ब पालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । कर्णाली नदी नजिकका उर्भरा भूमिलाई सिचाई गर्न सरकारको ध्यान नगएको उनको भनाई छ खत्याड गाउ“पालिका–८ सुकाढिक घाटज्यूलाको करिव ३ सय रोपनी उर्भरा भूमि पनि बा“झै छ । उक्त भूमिको १ सय मिटर तल हुम्ला कर्णाली नदीको पानी छ ।

धान, गहु जौ र आप, केरा, अनार अम्बा फल्ने घाटज्यूलामा सिचाइको अभावले अन्न बाली देखि फलफुल उत्पादन गर्न नसकेर स्थानीय उर्भरा भूमि बा“झै राख्न बाध्य भएका छन ।सिचाई अभावले ३ सय रोपनी उर्भरा भूमि बाझै रहेको सुकाढिक गाउका स्थानीय महेश गिरीले जनाए । उनले भने १ सय मिटर तल बाट हुम्ला कर्णाली नदी बगिरहेछ पानी माथि ल्याउने प्रबिधि नहु“दा ३ सय रोपनी उर्भरा जमिन सिचाई गर्ने पानी नहु“दा बा“झि रहेको छ ।सोरु गाउपालिका–४ लिब्रु खोलाको पानी खडेरी बर्षेनी घटदै गएको छ । त्यहा“का करिव २ सय परिवारलाई रोपाई गर्न पानीको अभाव झेल्नु पर्ने अबस्था छ । लिब्रु थपालीज्यूको १ सय मिटर तल हुम्ला कर्णाली छ । उक्त पानी माथि ज्यूलामा ल्याउन प्रबिधि अभावले रोपाइमा स्थानीयलाई समस्या झेल्नु परेको छ ।

हुम्ला अदानचुली गाउपालिकाको तलतडी र सर्केगाड गाउपालिकाको तुम्च गाउ“का स्थानीयलाई पनि खेतमा धान गहु“ उत्पादन गर्न सिचाईको संकट ब्यहोरर्नु पर्ने अबस्था छन । तलतडी र तुम्च ज्यूलाको करिव २ सय मिटर तल बाट हुम्ला कर्णाली नदीको पानी खेर गइरहेको छ । खडेरीले तुम्च खोलाको पानी सुक्दै गएपछि स्थानीयलाई रोपाइमा निकै कष्ट हुने गरेको छ ।जिल्ला सदरमुकाम देखि सोरु गुल्म, कुलाहा र खत्याड घाटज्यूला क्षेत्रको बाझो उर्भरा भूमि सम्म सडक मार्ग पुगि सकेको हुदा त्यहा“को उत्पादनलाई बजार लैजान सजिलो हुने स्थानीयको भनाई छ ।सरकार तथा गैससको लगानीमा मुगुका खोला स्थानमा प्रयाप्त साना र ठूलो सिचाई कुला निर्माण गरिएको भएपछि कर्णाली नदी नजिकका ठूला फा“ट उर्भरा जमिन समेटने गरि सिचाइ नहर र लिफट प्रबिधिका सिचाई सुबिधा छैन ।

चर्चामा

सम्बन्धित समाचार