
मुगु —सोरु गाउँपालिका–४ का मिमबहादुर शाही गाई भैसी र भेडाबाख्रा सहित सातु सामल बोकेर लेकाली खर्कतिर उक्लिएका छन । बेशीमा एकतिर गर्मी र अर्कोतिर झि¨ा डासले गाई भैसी भेडाबाख्रालाई सताउने भन्दै उनले भेडाबाख्रा भैसी र गाई लिएर घर भन्दा एक दिन टाढा भैसीखाल खर्कतिर गएका छन ।रावलबाडा गाउँका बिर्जन दमाई पनि करिव ४०÷५० बाख्राको बथान लिएर लेकतिरै गएका छन । गर्मी मौसममा गाउँमा बाख्रा पाल्दा पित्तथैली बढने रोग लाग्ने भनेर नेपालीले डोकोमा सातुसमाल र भाडा बर्तन बोकेर तीन महिनाको लागि बाख्रा चराउन लेकाली खर्कतिर हिडेका छन ।खेतबारीमा अन्नबाली रोपेर गाई भैसी भेडाखबाख्रा सहित खर्कमा लागेका गोठालाहरु बाली टिप्ने महिना कार्तिकमा घर फर्किने गरेका छन ।हरेक बर्ष गाई भैसी लिएर तीन महिनाको लागि लेकतिर जाने गरेको मिमबहादुरले बताए । सितल मौसम लेकाली घाँसपातले गाई भैसीले दुध धेरै दिने रोग नलाग्ने मोटाउने उनको भनाई छ ।कुहिरो मुनिका लेकाली खर्कहरु गाई भैसीले भरिएका उनले भने यति बेला गाउँ भन्दा खर्कमा रमाइलो छ ।
हिजोआज लेकाली खर्कहरुमा रमझम छ । गाई भैसी कराएको आवाज गुन्गुनाउने गरेको छ । स्थानीयका गाई भैसी भेडा बाख्रा घोडा भेडीले लेकाली खर्कको ओढार पाटन भरिएका छन ।सोरु गाउँपालिकाको चौरामालिका, धुलीलेक, लेते, गाइबान्ना, भागे ओढार, रतुवाकाँध रजैबैना लगायत लेकाली खर्कहरु गोठाला देखि भेडाबाख्रा गाई भेसीको लस्कर देखिने गरेको छ । कोही ओढार त कोही चौर वा रुख मुनी टेन्ट राखेर तीन महिना बिताउने गरेका छन ।मुगु र जुम्लाको सिमाना क्षेत्र घुच्चीलेक डाब क्षेत्रमा पनि गाई भैसी भेडाबाख्राले पाटन भरिएका छन ।पिना, मुन्दु, कोटीला, झयारी, टोप्ला लगायत गाउँका स्थानीयले तीन महिनाको लागि गाई भैसी भेडाबाख्रा घुच्चीडाब क्षेत्रमा चराउन लगेका छन ।
साउन देखि असोज सम्म लेकतिरका खर्कहरु गाई भेसी भेडाबाख्राले भरिभराउन हुने गरेको र बेशीका गोठहरु रित्तिने गरेको छायाँनाथ रारा नगरपालिका १ का वडाअध्यक्ष पदमराज मल्लले भने हिजोआज लेकतिर गए दुध दहि खिर प्रसस्त खान पाइन्छ ।
छायाँनाथ रारा नगरपालिका भित्रका भामबाडा, श्रीनगर, छत्यालबाडा, रोवा, तल्लेख, घट्टलेख, रयाङच्याकाटी, सालिम बस्तीका गोठालारुले तीन महिनाको लागि गाई भैसी भेडाबाख्रा ऋणीमोक्ष लेकाली खर्कतिर लगेका छन ।मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीयले झोवा चौरी हिमालतिर उकालेका छन ।समुद्री सहत देखि ४५ सय मिटर उचाइमा चुन बुकी हिउ खान उक्लिएका छन ।
समुद्री सतह देखि ४५ सय मिटर उचाइमा अबस्थित छायाँनाथ क्षेत्र, साना ठूलो कोइकी रिमारमा चौरीका बथान देखिने गरेका छन ।जिल्ला पशु अस्पताल तथा पशु कार्यालयको रिर्पोट बमोजिम जिल्लाको चार वटा स्थानीयतह सोरु, खत्याड मुगुम कार्मारोङ तथा छायाँनाथ रारा नगरपालिकाको २ सय १९ वटा बस्तीमा ७२ हजार भेडाबाख्रा, ११ हजार गाई भैसी, ३ हजार ६ सय चौरी र २८ सय झोवा रहेका छन ।चिन्तामा गोठालालेकाली खर्कमै लम्पी स्क्रिन रोग फैलिएर गाई गोरु धमाधम मर्न थालेपछि गोठाला चिन्तित भएका छन । जिल्लामा लम्पी स्क्रिन रोगले डेढ सय पशु चौपाय मरेको र करिव ५ सय ५० भन्दा बढी संक्रमित देखिएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।मुगुका चार वटा स्थानीयतह मध्ये सोरु, खत्याड, छायाँनाथ रारा नगरपालिका भित्रका बस्तीमा लम्पी स्क्रिन रोग बाट अहिले सम्म डेढ सय चौपाय मरेको र ५ सय ५० भन्दा बढी संक्रमित देखिएको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।