
काठमाडौ—वन तथा वातावरण मन्त्रालयको मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरीको एक वर्ष पूरा भएको छ । आफ्नो एक वर्षे कार्यकालमा मन्त्री ठकुरीले कार्वन ब्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताएका छन । बुधबार मन्त्रालयमा आयोजित एक वर्षे कार्यकालको प्रगतिको जानकारी दिने कार्यक्रममा मन्त्री शाहीले तराइका १३ जिल्लाको करीब १८ लाख टन वनको कार्वन विक्रीवाट १० मिलियन अमेरीकी डलर प्राप्त सुनिश्चत भई सो रकम ८० प्रतिशत वन व्यस्थापन गर्ने समुदाय र व्यवस्थापककोमा जाने गरी लाभ वितरण योजना स्विकृत गरिएको जानकारी गराएका छन ।
वागमती गण्डकी र लुम्विनीको ३२ लाख हेक्टर वन क्षेत्रको कार्वन विक्रोको वार्ता सम्पन्न भएको मन्त्री शाहीले भने नेपाल सरकारले वार्तको सम्झौताको दस्तावेज स्विकृत गर्ने तयारीमा रहेको छ । साथै मन्त्री शाहीका अनुसार कर्णाली, कोशी र अन्य क्षेत्रको कार्वन मापन, खरिद तथा विक्रीको खाका तयार गरिएको छ । उर्जा, वन, फोहरो, उद्योग तथा यातायात क्षेत्रमा उत्सर्जन कटौति भएको कार्वन विक्रीका लागि नीजि क्षेत्रको सहभागिता हुने गरी कार्वन व्यापार नियमावली २०८२ तर्जुमा गरी स्विकृतीका चरणमा रहेको उहाको भनाई छ । हरित अर्थतन्त्र विकासको दिशा अवलम्बन गर्दै वन तथा वातावरण संरक्षण, हिमाल, हिमताल र हिमनदी संरक्षण, जैविक विविधता प्रवद्र्धन, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि नीतिगत सुधारका कामहरु भएका छन् मन्त्री शाही भन्नुभयो, ’मन्त्रालयको कार्य प्रक्रियामा सहजिकरण तथा निर्णय प्रक्रियामा चुस्तता ल्याउन नितिगत तथा प्रक्रियागत सुधार गरि वन तथा वातावरण प्रसाशनलाई सेवाग्राहीमैत्री बनाइएको छ