
काठमाडौ —दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तीर्थराज भट्टराईले आइतबार साझ आमरण अशसन अन्त्य गरेका छन । सरकार र भटटराई बीच मागका बिषयमा सैद्धान्ति सहमति भएपछि असन अन्त्य गरिएको छ । बाँसको उत्पादित सामग्रीको प्रवद्र्धन र उपयोग गर्नुपर्न ेलगायत माग राखी भट्टराईले साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेका हुन ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल आमरण अनशनमै उपस्थिति भई भट्टराईलाई जुस खुवाएर विभिन्न मागमा समझदारी भएपछि अनशन अन्त्य गरिएको छ ।