
मुगु —नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच सिहदरबारमा भेटवार्ता भएको छ । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री आइतबार राजधानी आइ पुगेका छन । विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सित भेटवार्ता गएका थिए ।