सोमवार, भदौ ९, २०८२
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • समाचार
  • जलवायुले जडिबुटी लोप र चरन क्षेत्र संकटमा परेको छ, : वनमन्त्री शाही

जलवायुले जडिबुटी लोप र चरन क्षेत्र संकटमा परेको छ, : वनमन्त्री शाही

  • सोमवार, भदौ २, २०८२
जलवायुले जडिबुटी लोप र चरन क्षेत्र संकटमा परेको छ, : वनमन्त्री शाही

काठमाडौ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायले परिर्वतनले जडिबुटी लोप हुनु र चरन क्षेत्र संकट, परेको बताउनु भएको छ ।

हिन्दुकुश–हिमालय सांसदहरूको आजदेखि यहाँ सुरु भएको बैठकको उद्घाटन समारोहमा उहाँले यो बैठक साझा पर्वतीय क्षेत्र र त्यससँग जोडिएका दुई अर्ब जनताको भविष्यबारे छलफल, संकल्प र साझेदारी प्रकट गर्ने अवसर भएको उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “संसदीय परम्परामा नीति निर्माण गर्ने सार्वभौम थलो संसदका सदस्य तथा विज्ञहरूको सहभागिताले सफल नीतिहरू निर्माण र कार्यान्वयनमा सहयोग पु¥याउनेछ ।”

मुगुबाट निर्वाचित जनप्रतिनिधि र वन मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उहाँले हिमाली भूगोलमा खोला सुक्नु, जडिबुटी लोप हुनु, चरन संकटमा पर्नु र रारा तालजस्ता प्राकृतिक सम्पदामाथि जलवायु परिवर्तनको असर परेको उदाहरण दिनुभयो ।

हालै रसुवामा आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति हुनु तथा तराई मधेसमा लामो समयसम्म वर्षा नहुँदा खानेपानी र रोपाइँ प्रभावित भएको उदाहरण प्रस्तुत गर्दै उहाँले जलवायु संकट नेपालका लागि दैनिक यथार्थ बनेको बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “नेपालको कार्बन उत्सर्जन नगण्य गरे पनि हामी जलवायु अन्यायको शिकार भएका छौं ।” नेपालले वन क्षेत्र ४६ प्रतिशतमा पु¥याएको, सामुदायिक वन व्यवस्थापनमा विश्वकै उदाहरण प्रस्तुत गरेको तथा जलवायु अनुकूलन र न्यूनीकरणका लागि विद्युतीय सवारीको प्रवद्र्धन, नवीकरणीय ऊर्जा उत्पादन, पूर्वसूचना प्रणाली र युरो–६ मापदण्ड लागू गर्ने पहल गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको आयोजना गर्न पहल लिएको संघीय संसद अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिप्रति आभार व्यक्त गर्दै उहाँले सम्मेलनबाट प्राप्त निष्कर्षलाई वातावरण मन्त्रालयले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको हो । सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका विभिन्न मुलुकका सांसदहरू, सरकारका उच्च पदस्थ प्रतिनिधिहरू, जलवायु क्षेत्र विज्ञलगायत हुनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार