
मुगु—दसै नजिकीदै गर्दा कर्णालीका पहाडी जिल्लामा हवाई सेवा नियमित उडान नहुदा आउजाउ गर्न यात्रुलाई कठिनाई हुन थालेको छ ।बर्षाले कर्णाली राजमार्ग, कर्णाली करिडोर भरपर्दो नभएको र हवाई उडान पनि नियमित नहुदा दसै मनाउन घर फर्किन यात्रु मर्कामा पर्न थालेका छन । मुगुको रारा बिमानस्थलमा गत चार महिना देखि नेपाल ययरलाइन्सले उडान भर्सकेको छैन ।बिमान कम्पनीसमिट, तारा र सिताले पनि नियमित उडान नगर्दा तराइमा रोजगार अध्यायन गर्न आएका स्थानीयलाई दसै मनाउन घर जान गाह्रो भएको छ । एयरपोट बसपार्क क्षेत्रमा दसैं मनाउन घर फर्किन यात्रुहरुको भीड लाग्न थालेको छ ।उपचारका लागि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने अवस्था आउँदा अझै ठुलो समस्या खेप्नु परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण रारा विमानस्थल प्रमुख रामेल बरियाका अनुसार मौसम बदलीका कारण निजी जहाजले उडान भर्न कठिनाई भएको छ ।