बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • आज देखि बडादसैं सुरु

आज देखि बडादसैं सुरु

  • सोमवार, अशोज ६, २०८२
आज देखि बडादसैं सुरु

मुगु —हिन्दुहरूको महान् पर्व बडादसैँ आज देखि सुरु भएको छ । बडा दसैं प्रारम्भ संगै स्थानीयको मनमा खुशी छाएको छ । दसै मनाउन कर्मचारी स्थानीय बिधार्थीहरु धमाधम घर फर्किन थालेका छन ।बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर जौ रोप्ने गरिन्छ ।आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसाद सितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१३ बजे रहेको पञ्चांग निर्णय समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार