
मुगु —प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनमा भाग लिन सबै पक्षलाई आह्वान गर्नु भएको छ । आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज सरोकारवाला सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नु भएको हो ।निर्वाचनका लागि सबै नेपालीलाई धैर्यतापूर्वक शान्ति कायम राख्न पनि प्रधानमन्त्रीले आग्रह गरेकी छन ।प्रधानमन्त्री सुशीला कार्कीले देशबारिह रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी छन ।